दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ।दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो।

सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए।

एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन्। सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने अध्यक्ष रायमाझीले बताए। धार्मिक स्थाल बनाउने प्रयास स्वरुप समितिले आउदो मंसिर तीन गते सो स्थानमा शिव मन्दिरको शिलान्यास गर्ने भएको छ।

देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री एक हजार आठ आत्मनन्द गिरी महाराज जीको प्रमुख आतिथ्यतामा शिवमन्दीरको शिलन्यास गरिने समितिका उपाध्यक्ष नारायाण गिरीले जानकारी दिए।

स्थानीयको सहभागितमा कलस यात्रा सहित बिहान ९ः१५ बजेको शुभ साइतमा मन्दिरको शिलान्यास हुनेछ। त्यसभन्दा पहिले स्थानीयको सहभागितामा कलय यात्रा एक सय आठ धारासहितको शिव मन्दिर  निर्माण हुने समितिले जनाएको छ।

घाटमा यस पहिलो शवदाह स्थलमा मलामीको बिश्रामको लागी प्रतिक्षालय, अन्त्यष्टिका लागि आवश्यक दाउरा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको छ।

गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए। मन्दिर, आवास भवन निर्माण गर्ने ठुला एकादशी र शिवरात्रिमा मेला लगाउने समितिको योजना छ।

कमेन्ट गर्नुहोस्
Share: