रवि लामिछानेलाई आज चार दिनपछि पोखरा ल्याइयो

253
0
Share:

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चार दिनपछि पोखरा ल्याइएको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको थियो।

उनीसँग तीन दिनमा २३ घण्टा लगाएर बयान लिइएको थियो। आज दिउँसो १ः३० यती एयरको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ।

लामिछानेलाई बिहीबार राति ८ बजे बुद्ध एयरमार्फत पोखरा फर्काउने तयारी थियो। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराब भएका कारण उठान ढिलो भएपछि रुपन्देहीमै राखिएको थियो।

भैरहवास्थित सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतको टोलीले बयान दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: