
पोखरा। पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गरेका थिए।
उनले कार्यक्रममा आफूभित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखी हुनु, जीवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको बताए ।
यस्तै, उनले यो संसारमा हामीले भोगिरहेको सुख, दु:ख, राग द्धेस, सबै अनित्य छन, नासवान छन्, क्षणिक छन्। शुद्ध धर्म बुझ्ने साधकलाई यसले कुनै प्रभाव पार्न नसक्ने बताए।
सो अवसरमा पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष कमला गुरुङ, केन्द्रीय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले बोलेका थिए।
यसैबीच पातञ्जल योग समितिका केन्द्रीय सदस्य दिपक भण्डारी गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्यमा मनोनित भएकोमा सम्मानपत्रसहित दोसल्लाले सम्मान गरिएको थियो।
यस्तै, १५ दिनसम्म प्रशिक्षण दिएकी योग प्रशिक्षक कमला गुरुङलाई पनि सम्मान पत्रसहित दोसल्लाले सम्मान गरिएको थियो।
कार्यक्रममा सातवटा साधना केन्द्रका २४ जनाको सहभागिता रहेको थियो। गत कार्तिक १५ गते देखि मंसिर २ गतेसम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गरिएका थिए।
पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यबाहक अध्यक्ष तथा तालिम संयोजक विश्वकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष संगिता पराजुलीले स्वागत र प्रदेश सदस्य नवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।
