एनपीएल : विराटनगर किङ्ग्सले सार्वजनिक गर्‍यो जर्सी

Share:

 

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) आबद्ध विराटनगर किङ्ग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।विराटनगरस्थित होटल स्वागतममा मङ्गलबार साँझ विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको हो।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरे।

सो अवसरमा विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरेको छ भने द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: