काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने

383
0
Share:

काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै घटिरहेको छ। तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको छ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसअघि मंगलबार बिहान काठमाडौँको तापक्रम ९.९ डिग्री सेल्सियस थियो। उसो त काठमाडौँ मात्रै होइन देशभरकै तापक्रम घटिरहेको छ।

हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो।

कमेन्ट गर्नुहोस्
Share: