स्याङ्जाको बाँगेको मैदान माविका विद्यार्थीलाई सिकाई सम्बन्धि उत्प्रेरणा तालिम

Share:

पोखरा। स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाई सम्बन्धि उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्थीहरुले हरेक दिन पाठ्यक्रमका सामाग्रीको साथै बाहिरी ज्ञान पनि लिदै रहनुपर्ने बताउँदै अभिभावक र शिक्षकले बालबालिकालाई सधैं सकारात्मक सोचका बारेमा प्रेरणा दिइ रहनुपर्ने बताए।

कसरी पढ्ने कसरी सिक्ने किताबका लेखक कृष्ण क्षेत्री उदयले आफ्नो किताबमा आफुले शिक्षक, घर परिवारका सदस्य, साथीभाइबाट सिकेका र जिवनमा भोगेका अनुभव, अनुभुतिहरु समेटिएको बताए। साथै उनले विद्यार्थी तथा अभिभावक समय अनुसार प्रविधि मैत्री हुनुपर्ने तर सोसल मिडियामा दैनिक कति समय दिनुपर्ने ? तथा के को लागि दिनुपर्छ ? भन्ने बिषयमा प्रशिक्षण दिएका थिए।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय पार्षद सागर कार्कीले बोल्ने कलाका फाइदा र बोल्न नजान्दाका बेफाइदाहरुको बारे प्रशिक्षण दिदै जुनसुकै पेशा व्यवसायमा पनि बोल्ने कलाको महत्त्व रहेको बताउँदै विद्यार्थी कालमै बोल्ने कला सिक्नुपर्ने बताए।

संघर्षमा कलमका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले विद्यार्थीकालमा समयको सदुपयोग गर्न जानेमा जिवन भर सुख पाइने बताउँदै आफुलाई आवश्यक तालिमहरु समयमै लिनुपर्ने बताए।

वेभपेज नेपालका सिइओ पितम सेन ठकुरीले योग र ध्यानको महत्त्व बुझाउँदै साना बाबु नानीहरुलाई योग सम्बन्धि प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कक्षा १ देखि ६ सम्म एक समुह, कक्षा ७ देखि १२ सम्म अर्को समुह गरी दुई समुहमा विभाजन  गरी विद्यार्थीहरुलाई योग, ध्यान, वोल्ने कला प्रशिक्षण र सिकाई सम्बन्धि उत्प्रेरणा तालिम दिइएको थियो।

सो अवसरमा विद्यार्थीहरुका साथै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरुको उल्लेखय उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक थानेस्वर पौडेल, टेक नारायण गुरुङ र लेखापाल सुनिल क्षेत्रीले विद्यार्थी काल बाट नै बालबालिकाहरुलाई योग, ध्यान, विभिन्न तालिम दिन सकेमा विद्यार्थीको भबिष्य उज्ज्वल हुने धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: