कास्की प्रहरीले लियो २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा

Share:

पोखरा। कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको दुई दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले २३ वटा मोटरसाइकल समातेको जनाएको छ।

चर्को आवाजमा ध्वनी प्रदूषण गरेकाले ती मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त कुमार शर्माले बताए।

उनका अनुसार आवश्यक कारबाही प्रक्रियाका लागि ती मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय, पोखरा पठाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: