
नारायणघाट-मुग्लिन सडकको नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।
ट्रकमा सवार दुई जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ। अन्य दुई जनालाई ट्रकले च्यापेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडकमा पल्टिएको ट्रक उठाउन क्रेन पठाइएको प्रहरी बताएको छ।
नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ०१ ख ३४९० नम्बरको ट्रक पल्टिएको हो।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेज र अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ। थप आउन बाकीँ छ ।
कमेन्ट गर्नुहोस्
