पोखराको सृजना माविद्वारा विद्यार्थीलाई पुरस्कार वितरण

182
0
Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं ८ स्थित सृजना सेकेण्डरी स्कुलमा त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। शैक्षिकसत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्मको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ।

यसैगरी अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा शतप्रतिशत हाजिरी भएका विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो। यस्तै गत असोजमा भएको प्रतिभा प्रस्फुटन कार्यक्रमको वभिन्न विद्यामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीसमेत पुरस्कृत भएको विद्यालयले जनाएको छ।

पहिलो दिन विभिन्न क्षेत्रमा कार्यरत अभिभावक अन्जन पोख्रेल, शिवकुमार भण्डारी, पितृराज अधिकारी र सुशिल पौडेलले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए। दोस्रो दिन रामबहादुर बानिया, अच्युत कटेल, दीपा अधिकारी आचार्य र बालकृष्ण शर्माले पुरस्कार वितरण गरेका थिए।

 

तेस्रो दिन आशिका आले, कमलराज चुके, नारायण घताले र सरस्वती त्रिपाठीले पुरस्कार वितरण गरेका थिए। विद्यालयका प्राचार्य डोलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सीता पाण्डे, सल्लाहकार कृष्णप्रसाद घिमिरे, अभिभावक नारायण घताले, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मीनप्रसाद तिवारीले बोलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: