
पोखरा । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ। छाती रोगसम्बन्धि खोजपड्तालका लागि गण्डकी प्रदेशमा पहिलो पटक बाग्लुङको गलकोटबाट सेवा सुरु भएको हो।
गलकोट नगरपालिका-११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मेसिनको शुभारम्भ गरे। अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्धारा छाती रोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए।
क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्चेर खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजतलास कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकको भनाइ छ।
क्षयरोग लागयतका छातीसम्बन्धि रोगको समयमा उपचार नहुँदा नागरीकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए।
