आज १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Share:

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: