
पोखरा। जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्स-ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्स ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन्।
तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन्। आारभले भारतका वीर मदमलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गरेका हुन्। भारतीय खेलाडी विरुद्ध निकै आक्रम खेल प्रस्तुत गरेका आरभक खेलमा दर्शकहरु समेत निकै उत्साहित देखिन्थेँ।
त्यस्तै नं १ बरियता रिकु हिगाशी (जापान) ले प्रणव मानन्धर (नेपाल) लाई ६-२, ६-१ ले हराएका छन् भने नेपाली खेलाडी सक्षम बिक्रम शाह अस्ट्रेलियाका खेलाडी प्रतीक नविनसँग ६-०, ६-४ को सोझो सेटमा हार ब्यहोरे।
त्यस्तै सिंगल्स ब्वाइजतर्फ शौर्य समाला (भारत) ले अधिराज ठाकुर (भारत) लाई ४-६, ६-३, ६-३ ले, हैनुओ गुओ (चीन) ले अद्वित तिवारी (भारत) लाई ६-०, ७-५ ले, आश्रव्य मेहरा (भारत) ले अमित मुण्ड (भारत) लाई ६-२, ६-२ ले, ओजस मेहलावत (भारत) ले हानबो जू (चीन) लाई ६-२, ४-६, ७-६ (२) ले र आदित्य मोर (भारत) ले चन्नमल्लिकार्जुन याले (भारत) लाई ६-१, ६-३ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरे।
यसैगरी गल्स सिंगल्सतर्फ नेपालकी एकमात्र खेलाडी सुनिरा थापा आठौंमा आफ्नो स्थान सुरक्षित गरेकी छन्। सुनिराले आफ्नो रणनीतिक कौशल प्रस्तुत गर्दै चिनकी खेलाडी टियनरान डोबलाई ६-३, ६-० को सोझो सेटमा पाखा लगाइन्।
त्यस्तै अन्य खेलमा माहिका खन्ना (भारत) ले युयुए लियू (चीन) लाई ६-०, ६-१ ले, रीत अरोरा (भारत) ले शिवाली गुरुब (नेपाल) लाई ७-५, ७-५ ले, मार्ता छोबसोम्जाभ (मंगोलिया) ले अपरा खंडारे (भारत) लाई ६–३, ६-२ ले, दिशा बेहेरा (भारत) ले स्वस्तिका विष्ट (नेपाल) लाई ६-०, ६-१ ले, अरजान खोराकिवाला (भारत) ले न्यान्सी सिंह ( भारत) लाई ६-०, ६-२ ले,सगुन कुमारी (भारत) ले सौम्या चटर्जी (भारत) लाई ६-३, ६-१ ले र साइयेट वराडकर (भारत) ले रानिया ठाकुर (भारत) लाई ६-४, ६-० ले हराइन्।
तेस्रो दिन सम्पन्न ब्वाइज डबल्सतर्फ ओजस मेहलावत र अधिराज ठाकुर (भारत) ले केजुन डेब र हानबो जू (चीन) लाई ७-६ (२), ६-२ ले, प्रबीर मुकेश चावडा (भारत) र रिकु हिगाशी (जापान) ले स्रीकर दोनी र शौर्य समाला (भारत) लाई ६-२, ६-४ ले, आरव चावला र आश्रव्य मेहरा (भारत) ले विवान बिदासरिया र यश्विन दहिया (भारत) लाई ४-६, ६-१, १-० ले, आदित्य मोर र प्रकाश सारण (भारत)ले शौनक चटर्जी र शिवतेज शिर्फुले (भारत) लाई ६-२, ६-४ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो।
यसैगरी गल्स डबल्सतर्फ उत्कृष्ट प्रदर्शनका बावजूद नेपाली खेलाडी शिवाली गुरुङ र सुनिरा थापाले भारतकी माहिका खन्ना र एन्जल पटेलसँगको रोमाञ्चक खेलमा ५-७, ७-५, (१०-८) को झिनो अन्तरले पराजय भोगे।
यस्तै स्वस्तिका विष्ट (नेपाल) र अपरा खंडारे (भारत) ले सौम्या चटर्जी र शगुन कुमारी (भारत) लाई ६-२, ६-३ ले, दिशा बेहेरा र अरजान खोराकिवाला (भारत) ले नन्दिनी कंसल र रानिया ठाकुर (भारत) लाई ६-२, ६-३ ले तथा मार्ता छोबसोम्जाभ (मंगोलिया) र साइयेट वराडकर (भारत) ले आइशा डोल्कर गुरुङ र जेनी खड्का (नेपाल) लाई ६-३, ६-० ले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरे।
मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किटका खेलहरु एक साता सञ्चालन हुनेछन्। पहिलो सर्किट अन्तर्गत विभिन्न १० देशका ब्वाइजतर्फ ७० र गल्सतर्फ ३५ गरी १ सय ५ जना प्रतिष्पर्धामा रहेको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले बताए।
सहभागी देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरिया रहेका छन्। प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र
आर-१६ले २ अंक प्राप्त गर्नेछन्।
त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन्। प्रतियोगितामा ब्वाइज सिंगल्स तथा डबल्स, गर्ल्स सिंगल्स तथा डबल्स गरि चार इभेन्टमा जारी प्रतियोगितामा विजेता तथा उप-विजेताले प्रमाण-पत्रसहित मेडल प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए।
