ट्वाइलेटमा लडेर बालिकाको मृत्यु

132
0
Share:

काठमाडौँ । मकवानपुरको हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका-३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन्। उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो। राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए। शव हेटौंटा अस्पतालमै राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: