२ दिन लगातार घटेको सुनको मूल्य बढ्यो

Share:

काठमाडौँ। दुईदिन लगातार घटेको सुनको मूल्य आज केही बढेको छ। चाँदीको मूल्य भने आज घटबढ् भएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चारसय रुपैयाँ घटेर आज एक लाख ५० हजार एकसय रुपैयाँ पुगेको छ। आइतबार तोलामा चारसय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो।

त्यसअघि गएको शुक्रबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो। अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य  प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमै यथावत छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयता सुनको मूल्य प्रतितोला २१ हजार भन्दा धेरै घटिसकेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: