
पोखरा। कास्कीको लेखनाथ भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ। मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो।
मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान पक्का गरेको हो।
खेलको पहिलो हाफको ५५औं मिनेटमा पहिलो गोल गर्दै एन्फा गोर्रखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए।
खेलको दोश्रो हाफपछिको समयमा ७१ औं मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए।
तर खेलको अन्तिम समयको ८४औं मिनेटमा नेपाल प्रहरीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी सुट आउटको सदुपयोग गर्दै एन्फा गोरखाका देव गुरुङले गरेको गोल नै जितका लागि निर्णायक बनेको हो।
