आइटिएफ जे३० वल्ड टेनिस टुर पोखरा जारी: सिंगल्सतर्फ दोस्रो चरणका खेल सम्पन्न

Share:

पोखरा। पोखरा रंगशालास्थि टेनिस सेन्टरमा आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ प्रिक्वार्टर फाइनलका खेलहरु सम्पन्न भएका छन् भने डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा भएको छ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ट लयलाई जारी राख्दै ब्वाइज सिंगल्सतर्फ आरव सम्राट हाडा क्वार्टर फाइनल प्रवेश गरे।

आरवले चिनका केजुन डेबलाई ६-०, ६-० को सोझो सेटमा रोक्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे।त्यस्तै गल्र्स सिंगल्सतर्फ सुनिरा थापा र शिवाली गुरुङले समेत आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

सुनिराले भारतकी वृन्दिका भगवत राजपूतलाई ६-४, ६-१ को सेटमा पराजित गर्दा शिवालीले भारतकै श्रेया देशपाण्डेलाई ६-१, ६-० ले पराजित गरिन्।

तर ब्वाइज सिंगल्समा नै नेपाली खेलाडी आयुष्मान हजुर घले भने भारतीय खेलाडी आश्रव्य मेहरा संग ६-२, ६-२ को सोभो सेटमा स्तव्ध हुन पुगे भने सक्षम विक्रम शाह चीनका हैनुओ गुओसँग उत्कृष्ट खेलको नमुना पेश गर्दै २-१ को सेटमा पराजित हुन पुगे।

खेलमा पहिलो सेट २-६ ले आत्साथ गरेका सक्षमले पछिल्ला दुई सेट ६-३, ६-४ ले गुमाए भने प्रणव मानन्धर भारतका ओजस मेहलावतसँग ६-३, ६-० को सोझो सेटमा पराजित भए।

यस्तै, ब्वाइज सिंगल्सतर्फ नै अधिकांश भारतीय खेलाडीहरुले कोर्टमा आफ्नो दबदवा पेश गर्दा चीनका शियुयुआन गुओ अस्ट्रेलियाका प्रतिक नविनले भने, क्वार्टरफाइनलमा यात्रा तय गरेका छन्।

चीनका शियुयुआनले भारतका आरूष भल्लालाई ६-१, ६-० तथा अस्ट्रेलियाका प्रतिकले भारतका आदित्य मोरलाई ७-६ (३), ६-४ ले पराजित गरे।

यसैगरी ब्वाइज सिंगल्समा प्रवीर मुकेश छावडा (भारत) ले प्रकाश सारन (भारत) लाई ६-४, ६-४, अधिराज ठाकुर (भारत) ले शौनक चटर्जी (भारत) लाई ६-४, ६-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

यसै गरी ब्वाइज डबल्सतर्फ आदित्य मोर र अधिराज ठाकुर (भारत) ले आर्यन कंकरवाल र रौनक कश्यप (भारत) लाई ६-२, ६-२, प्रणव मानन्धर र राज वीर प्रधान (नेपाल) ले प्रवीर मुकेश छावडा र आश्रव्य मेहरा (भारत) लाई ६-३, ६-०, आरव चावला र ओजस मेहलावत (भारत) ले विवान बिडासरिया र चन्नमल्लिकार्जुन याले (भारत) लाई टाइव्रेकरमा ३६, ६-२, (११-९) ले हराउँदै सेमीफाइनल यात्रामा आफूलाई सुरक्षित गरेका छन्।

 

ब्वाइज डबल्सतर्फ क्वार्टरफाइनलको अझै एक खेल बाँकी रहेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन्। यता गल्स सिंगल्सतर्फ नं १ खेलाडी महिका खन्ना (भारत) ले स्वस्तिका बिष्ट (नेपाल)लाई ६-२, ६-४ ले पराजित गरेकी छन्।

त्यस्तै, यिजिया झाओ (चीन) ले दिशा बेहरा (भारत) लाई ६-४, ६-३, मार्टा चोगसोमजाभ मंगोलिया) ले मानसी सिंह (भारत) लाई ६-०, ६-१, अपारा खन्दारे (भारत) ले आफ्नै देशकी प्रतिद्वन्दी एन्जल पटेललाई ६-१, ६-४ ले, टियानरन डब (चीन) ले सौम्या चटर्जी (भारत) लाई ६-३, ६-४, अरजान खोराकिवाला (भारत) ले भारतकै शगुन कुमारीलाई ६-३, ६-२ ले हराइन्।

यसैगरी गल्स डबल्सतर्फ नेपाली खेलाडी शिवाली गुरुङ र सुनिरा थापाको जोडीले सेमीफाइनलमा स्थान पक्का गरे। उनीहरुले भारतीय जोडी महिका खन्ना र शाताक्षिका सहायाकलाई ६-०, ६-४ ले पराजित गरे।

यस्तै, गरी भारतीय जोडी एन्जल पटेल र सयेटे वराडकरले आफ्नै देशका श्रेया देश पाण्डे र मायरा टोपनालाई ६-४, ६-० ले पराजित गर्दा मार्टा चोगसोमजाभ (मंगोलिया) रयिजिया झाओ (चीन) को जोडीले स्वस्तिका बिष्ट (नेपाल) र अपारा खन्दारे (भारत) लाई ६-३, ६-० ले तथा दिशा बोहोरा र अरजान खोराकिवाला (भारत) ले मानसी सिंह र न्यान्सी सिंह (भारत) लाई ६-१, ७-५ ले हराउँदै अन्तिम चारमा पुगेका छन्।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेता १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर-१६ ले २ अंक प्राप्त गर्नेछन्। .

त्यस्तै, डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स, महिला सिङ्गल्स तथा डबल्स गरि चार इभेन्टमा प्रतियोगिता सञ्चालन भएको हो।

जसमा विजेता तथा उप-विजेताले प्रमाण-पत्रसहित मेडल प्राप्त गर्नेछन्। प्रतियोगिता मंसिर २९ गते सम्म सञ्चालन हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: