
काठमाडौं, असार २६ / आइसिसि विश्व ट्वान्टी-२० छनोट अन्तर्गत नेपालले नामिबियासँग अंक बाढेको छ। वर्षाले खेल प्रभावित भएपछि आइसिसिले खेल रद्ध गर्दै दुबै टिमलाई १-१ अंक बाढेको हो। पानी पर्नु अघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७.४ ओभर खेल्दै १ विकेट गुमाएर ६१ रन बनाएको छ।
नेपालका लागि कप्तान पारस खड्काले विकेट लिए।
आजको खेलसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ। दुई खेल खेलेको नेपाल ३ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।
कमेन्ट गर्नुहोस्
