पोखरा महोत्सवको स्टल बुकिङ खुल्ला

Share:

पोखरा । १३औं संस्करणको पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ।

युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो।

महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाईटेड क्लबले महोत्सवको स्टल पुष १ गते दिनको दुई बजे देखि स्टल बुकिङ खुल्ला गरिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।

महोत्सवमा विशेष गरी पर्यटन, कृषि, अटो लगायतका स्टलहरु लाई विशेष छुट प्रदान गरिने महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले बताए।

स्टल बुकिङका लागि युनाईटेड क्लबको कार्यालय शान्तिपथ पोखरा १० अमरसिंहमा सम्पर्क गर्नुपर्ने महोत्सव सचिवालय उपसमिति संयोजक सुक बहादुर गुरुङले जानकारी दिए।

 

कमेन्ट गर्नुहोस्
Share: