पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस

Share:

पोखरा। पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालिबीच सहकार्य हुने भएको छ। भारत र चिनबाट बिजुलीका सामाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराबीच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो।

स्टारसिड टेक्नोलोजिस प्रालिका प्रबन्ध निर्देशक चन्द्र बहादुर थापा र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाबीच १३औं पोखरा महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने गरी सम्झौता भएको हो।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टारसिड टेक्नोलोजिस प्रालिका प्रबन्ध निर्देशक चन्द्र बहादुर थापाले स्टारसिडस प्रालिले विगतका संस्करणहरुमा समेत सहकार्य गर्दै आइरहेको र यो पटक पनि सहकार्य गर्ने बताए।

स्टारसिडले भारत र चिनबाट सामाग्री आयात गरी नेपालमै एसेम्बल गरी उच्च गुणस्तरका बिजुली सम्बन्धी (यु एन आइ एक्सपर्टका) स्वीच, एलइडी बल्व, एलइडी प्यानल, एलइडी कन्सील, एलइडी सिओबी लाइट, ट्रयाक लाइट, पंखाहरु, इलेक्ट्रीक गिजर, हिटर, सेन्सर स्ट्रीट लाइट, फल्ड लाइट र हेलोजिन लाइटहरु उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

स्टारसिड टेक्नोलोजिस प्रालिमा चन्द्र बहादुर थापा, पियुष कोठारी र बिर बहादुर कंडेल सञ्चालकको रुपमा रहेका छन। प्रालिले काठमाणडौंको रानीबारिमा रहेको आफ्नै कम्पनीबाट सामाग्रीहरु उत्पादन गरी सुनधारास्थित बिजुली बजारमा रहेको जेटी इलेक्ट्रिकल्स प्रालि र पोखरा-१० बुद्धचोकस्थित विबस इलेक्ट्रिकल्स प्रालिबाट सामाग्रीहरुको बिक्री गर्दै आइरहेको सञ्चालक थापाले बताए।

स्टारसिड टेक्नोलोजिस प्रालिले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने नारा सहित आफ्ना उत्पादनका सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ। सो अवसरमा बोल्दै युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले स्टारसिड टेक्नोलोजिस प्रालिले बिगतका महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा खुसी लागेको बताए।

स्टारसिड जस्तै सहयोगी संघ संस्थाहरुको सहयोगले नै पोखरा महोत्सव १३औं संस्करणसम्म आइपुगेको उनको भनाइ रहेको थियो। सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका आजीवन सदस्य कृष्ण थापा मगर, आजीवन सदस्य मिलन बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो।

युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा तेह्रौं संस्करणको पोखरा महोत्सव हुने र त्यसको तयारी तीव्र रुपमा अगाडी बढेको महोत्सका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: