
पोखरा। जुत्ता व्यवसायी संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच जुत्ता व्यवसायी संघ कास्कीका सदस्यहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
उक्त समझदारीमा जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन्।
यस सम्झौता अनुसार अस्पतालले जुत्ता व्यवसायी संघ कास्कीका सदस्यहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न जुत्ता व्यवसायी संघ कास्कीमा दर्ता भई आईडि कार्ड देखाउनुपर्ने छ।
अस्पतालमा जुत्ता व्यवसायी संघ कास्कीका सदस्यहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा ९अपरेशन० तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन्।
सदस्यहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन।
