
पोखरा। पोखराबाट घान्द्रुक जाँदै गरेको जिप अन्नपूर्ण गाउँपालिका वडा नं १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो। जिल्ला प्रहरी कार्याल कास्कीका अनुसार घाइतेलाई घटनास्थलबाट उद्दार गरी पोखरा ल्याइएको छ। घाइतेहरुलाई हेलिकोप्टरबाट पोखरा ल्याइएको हो।
ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न २ः४५ बजे दुर्घटना भएको हो। जिप सडकबाट करिब छ सय मिटर तल खसेको बताइएको छ। जिपमा सात जना सवार रहेको र घाइतेहरुको पहिचान हुन बाकीँ रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
