
काठमाडौ, असार २८ – ट्वान्टी–ट्वान्टी विश्वकपको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक आयरल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।
टस हारेर पहिलो व्याटिङ गरेको नेपालले १४ ओभर ३ बल खेलेर आयरल्याण्डलाई ५४ रनको झिनो लक्ष्य दिएको थियो । आयोजकले मात्र ८ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
यसअघि पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले दोस्रो खेल बर्षाले रद्द भएपछि नामिबियासँग अंक बाँडेको थियो ।
आयरल्याण्डसँगको खेलमा नेपालको लागि सागर पुनले सर्वाधिक २० र कप्तान पारस खड्काले १० रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो रन समेत जोड्न सकेनन् ।
नेपालको लागि दुवै विकेट सोमपाल कामीले लिएका थिए ।
नेपालले भोलि हङकङसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
