पोखरामा नि:शुल्क पाठेघरको मुखको भिआईए परिक्षण गरिने

Share:

पोखरा । पोखरामा रोटरी क्लब अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्साल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४-२५ मा महिलाहरुको नि:शुल्क पाठेघरको मुखको भिआईए परिक्षण गरिने भएको छ।

मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी यही पौष १८ गतेदेखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिब १ हजार ५ सय जना महिलाहरुको नि:शुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारी रहेको बताइएको छ।

यस्तै, रोटरी डिस्ट्रीकले समेत नेपालभरि नै भिआईए परिक्षण लाई महत्व दिएर अगाडी बढ्ने योजना गरिरहेको अवस्थामा थप टेवा पुर्‍याउने योजनाका साथ तयारीमा जुटेको रोटरी क्लब अफ पोखराले जनाएको छ।

स्वार्थ भन्दामाथि सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिए।

उनले २०१० डिसेम्बर २४ का दिन स्थापित रोटरी क्लव अफ पोखरा न्युरोडको आज जन्मोत्सवको अवसरमा हरेक बर्ष सामाजिक कार्य गर्दै आएको बताए ।

यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी भएका कारण पनि ग्रामीण भेगमा यसको पहुँच पुर्याउन यो कार्यक्रमले सहयोगी गर्ने उनको भनाइ।

वरिष्ठ स्त्रीरोग विषेयज्ञ चण्डीका पंडितले स्कृनिङ टेष्टको बारेमा प्रकाश पारेका थिए।

रोटरी क्लब अफ नक्साल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआईए परिक्षण नगर्दा देखिएको समस्या-क्यान्सरबाट पिडित भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने वातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमको घोषणा गरिएको बताए।

सो क्लबका पुर्वअध्यक्ष सुवास सिग्देल गण्डकी मोडकल कलेजबाट सम्बन्धित डाक्टर सहितको प्राविधिक टिमले यस भिआइए परिक्षणमा सहयोग गर्नेछन्।

यसैगरी पोखरा महानगरपालिकाका विभिन्न वडा, पालिकासँगै विभिन्न जिल्ला संग सहकार्य र सहयोगको अपेक्षा गर्दै यो कार्यलाई अगाडी बढाउने र लक्ष्य भन्दा बढी संख्यामा भिआईए परिक्षण गर्ने योजना आयोजकको रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: