कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान सुरु

Share:

पोखरा। कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान सुरु भएको छ। नेपाल विद्यार्थी संघ कास्कीले बिहीबारदेखि सदस्यता वितरण अभियान सुरु गरेको हो।

पोखराको वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रमबीच नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे।

नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति समेत रहेका सहसचिव एवं प्रवक्ता सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको सान र मान बढ्ने बताए।

निरंकुशता विरुद्व खरो उत्रेको नेपाल विद्यार्थी संघल अब राजनैतिक विकृतिका विरुद्व उत्रने बेला आएको उल्लेख गरे।

सदस्यता वितरण अभियानका केन्द्रीय प्रतिनिधि दिनेश शाही र विश्वनाथ मिश्रले विद्यार्थीले राजनीति बुझ्‌नै पर्ने विषय भएको उनको भनाई छ ।

नेपाल विद्यार्थी संघ कास्कीका सभापति गौरब बरालले कास्कीमा १० हजार विद्यार्थीलाई सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा विद्यार्थी नेताहरु सुस्मिता चौधरी, डिफान भुजेल, प्रदिप श्रेष्ठ र विश्वराज पौडेल लगायतले बोलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: