शिक्षासेवी बसन्त तिमिल्सीनाद्वारा दुई लाख रुपैयाको अक्षयकोष स्थापना

Share:

पोखरा। शिक्षासेवी वसन्त तिमिल्सीनाले बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।

पोखरा- १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा नगद दुई लाख रुपैयाको तोयनाथ,श्याम, तारा स्मृति अक्षयकोष स्थापना गरेका हुन्।

बिहीवार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नरनाथ भट्टराई, विन्ध्यवासिनी क्याम्पसका पुर्व प्रमुख नरहरि भट्टराइको उपस्थितीमा तिमिल्सीनाले नगद २ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै अक्षयकोषदाता तिमिल्सीनाले आफ्ना पिताजीले लामो समय शिक्षण कार्यमा विताएको स्मरण गर्दै, उनको योगदानलाई चीर स्थायी बनाउन कोष स्थापना गरेको बताए।

पोखरा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले आगामी दिनमा पनि अन्य विद्यालयमा पिताको स्मृतिमा अक्षयकोष स्थापना गर्ने योजना रहेको सुनाए ।

विद्यालयका प्रधानाध्यापक आचार्यले शैक्षिक क्षेत्रमा तिमिल्सीनाको योगदान अतुलनिय रहेको बताउँदै, कोष स्थापनाले शैक्षिक विकासमा ईटा थप्ने बताए।

कार्यक्रममा अक्षयकोष दाताका रुपमा तिमिल्सीनाका धर्मपत्नी शारदा बराल तिमिल्सीना, माधव तिमिल्सीना, रामचन्द्र तिमिल्सीना, पुनम शर्मा, प्राध्यापक कृष्णचन्द्र भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दीप थापा, विमला अधिकारी, सहायक प्रधानाध्यापक राम वहादुर बाँनिया लगायतले अक्षयकोषवाट प्रदान गरिने पुरस्कारले शिक्षक शिक्षिकाको मनोवल थप बढ्ने बताए।

सो अक्षयकोषवाट प्राप्त व्याजले प्रत्येक वर्ष त्यस विद्यालयका उत्कृष्ट २ जना शिक्षक शिक्षिकालाई नगद पुरस्कार सहित सम्मान गरिने बताइएको छ। विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसकेका तिमिल्सीनाले सामाजिक क्षेत्रमा समेते सहयोग गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: