मापसे सेवन गरेर चलाएको कार फेवातालमा खस्यो

Share:

पोखरा। पोखराको फेवातालमा बिहीबार बिहान कार खसेको छ।

पामेबाट लेकसाइतर्फ आउँदै गरेको ग२च ३३९६ नम्बरको कार बिहान २ः३० बजे पोखरा-६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।

चालकले मादक पदार्थ सेवन गरी कार चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

फेवातालमा खसेको कारलाई आज बिहान क्रेनको सहायताले निकालिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: