
पोखरा, ३१ असार
सर्वोच्च अदालतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको नाममा नीजि औषधी पसललाई अस्पताल भित्रको फार्मेसी सञ्चालन गर्न दिने काम नगर्न नगराउन आदेश दिएको छ । सर्वोच्च अदालताका न्यायधीश दिपकराज जोशीको एकल इजालासलले बुधवार अस्पतालको नाम नै तोकेर यस्तो आदेश जारी गरेको हो ।
यसअघि असार १३ गते सर्वोच्च अदालतका न्यायाधीश बैधनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको हकमा अस्पताल फार्मेसी निर्देशिका तथा मन्त्रालयको २०७०÷७÷२५ को परिपत्र अनुसार तत्काललाई यस निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सवै अस्पतालहरुवाट फार्मेसी सेवा सञ्चालन गर्न र वाहिरी व्यक्तिहरुलाई भाडा वा ठेक्कामा फार्मेसी आफ्नो हाताभित्र खोल्न दिने काम नगर्न नगराउनु भन्ने व्यहोराको स्पष्ट आदेश जारी गरेको थियो । तर अस्पतालले सम्मानित सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने गरि अस्पताल परिसर भित्रको मुल भवनमै रहेको फार्मेसी सञ्चालनमा दिनका लागि तयारी गरिरहेको श्रोत बताउँछ ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल बिकास समितिले नयाँ प्रकृया सुरु भएपछि अदालतको आदेश आएकोले तत्कालको लागि नयाँ फार्मसी लाईनै फार्मसी सञ्चालन गर्न दिने बिकास समितिका अध्यक्ष रामनाथ अधिकारीले बताए । अदालतको आदेशको सम्मान गर्न आफुहरु तयार रहेपनि तत्कालको समस्या समाधानको लागि नयाँ लाई दिने तयारी भएको उनको भनाई छ ।
अस्पतालले फार्मसी सञ्चालनको संभावना नभएको बताएका अधिकारीले पुरानै फार्मसि लाई केही महिनाको लागि निरन्तरता दिन पनि नसकीने बताए ।
अदालतको आदेश पछि आफै फार्मसि सन्चालनको लागि मन्त्रालयले परिपत्र जारी गरिसकेको भएपनि सहमति अध्यक्ष अधिकारीले भने केन्द्रको कुनै र्निदेशन नआएको बताए
अदालतको आदेशको पनि अबज्ञा गरि नयाँ लाई नै जवरजस्ती फार्मसि सञ्चालनको जिम्मेबारी दिन हतारीनुको पछाडीको रहस्य भने खुलेको छैन ।
अस्पतालले श्रावण १ गतेदखि लागू हुने गरी अनमोल मेडिसिन सप्लायर्सलाई फार्मेसी सञ्चालनका लागि मासिक २५ लाख १३ हजार ७५ रुपैयाँ मासिक भाँडा अस्पताललाई दिने गरी गत वैशाख ८ गते ४ वर्षको लागि ठेक्का सम्झौता गरेको आशयपत्र जारी गरेको थियो ।
