शनिबार कास्की कारागारमा नि:शुल्क शिविर

Share:

पोखरा । कारागार कार्यालय कास्कीमा शनिबार कैदी, बन्दीको सुगर, युरिक, एसिड थाइराइड जाँच सित्तैमा गरिएको छ। युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर भएको हो।

शनिबार भएको शिविरमा २ सय ६० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ। ती परीक्षणको रिपोर्ट आगामी बुधबार वितरण गरिने युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए। ‘आज रगत परीक्षणका लागि स्याम्पल लिइएकाहरुको रिपोर्टसहित विशेषज्ञबाट परामर्श बुधबार दिइनेछ,’ पन्तले भने, ‘त्यो दिन आवश्यक पर्ने बिरामीलाई औषधीसमेत वितरण गर्छाै।’

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विषयगत चिकित्सकले बिरामीको जाँच र परामर्श दिने तय भएको युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले बताए। कास्की कारागार शाखाका स्वास्थ्य इन्चार्ज तपरमण पोखरेलले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको जनाए।

कैदी बन्दीको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ। यस्तो सेवा पाउदा आर्थिक समस्याबाट उपचारमा सहज भएकाह? पनि लाभान्वित हुने उनको भनाइ छ।

यसैबीच, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले प्रवद्र्धन गरेको युआरएल फाउन्डेसनले शनिबार पोखरामा अर्काे पनि निशुल्क शिविर आयोजना गरेको छ।

मिर्मिरे उर्जा विकास सहकारी संस्था पोखरा ८ न्यूरोडको वार्षिक साधारण सभाको अवसरमा भएको निशुल्क रक्त तथा दन्त परीक्षण शिविरमा १ सय ४२ जनाको निशुल्क जाँच गरिएको छ।

शिविरमा सहभागीको मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र रक्तचाप जाँच गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: