२१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस: मेन्स सिंगल्स फाइनलमा आरव र प्रनव भिड्ने

Share:

पोखरा। पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा आरव सम्राट हाडा र प्रनव मानन्धर भिड्ने भएका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरव सम्राट हाडाले प्रनव मानन्धर संग फाइनलमा भेट पक्का गरेका हुन्।

सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमीफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरवसँग पराजित हुँदै सेमीफाइनलबाट बाहिरिएका छन् भने प्रनवले निशान श्रेष्ठलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै आरवसँग उपाधि भिडन्त पक्का गरे।

मेन्स डबल्सतर्फ निश्चल जङ्ग बहादुर राणा र आरव सम्राट हाडाको जोडीले प्रनव मानन्धर र राजविर प्रधानको जोडीलाई फाइनलमा ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै डबल्सतर्फको उपाधि जितेका छन्।

प्रतियोगिता एक दिन लम्बिएसँगै ओपनतर्फ उमेन्स र मेन्सतर्फका फाइनल खेल भोली (मंगलबार) तय गरिएको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए।

त्यस्तै प्रतियोगिता अन्तर्गत नै पाँचौ दिन केही क्याटोगरी अन्तर्गतका फाइनल खेलहरु सम्पन्न भएका छन्। जसअन्तर्गत ६५ वर्षमाथिको सिंगल्स फाइनलमा विदुर विष्टले ध्रुव गुरुङलाई सुपरटाई म्याचमा हराएका छन्। विदुरले ४–२, २–४ र ९–७ ले फाइनल खेल आफ्नो पक्षमा पारे।

३५ वर्षमाथि उमेर समुहको फाइनलमा जितेन्द्र परियारको जोडी र कुमार अधिकारीको जोडीले एस तोगबे र पि नोर्वुको जोडीलाई ६–२, ६–३ का् सोझो सेटमा पराजित गरे।

३५ वर्षमाथि सिंगल्समा पूर्व नं १ जितेन्द्र परियार उपाधि नजिक पुगेका छन्। सम्पन्न सेमीफाइनलमा उनले सिमान्त गुरुङलाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाए।

जितेन्द्रले फाइनलमा सन्तोष खत्रीसँग भेट पक्का गरे। सन्तोषले भिष्म जङ्ग गुरुङलाई ६–३, ६–२ ले पराजित गरे।

४५ वर्ष माथीको डबल्स फाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले हेमराज ढकाल र मान बहादुर कटुवालको जोडीलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधि जितेका छन्।

यस्तै, ४५ वर्षमाथिको सिंगल्स फाइनलमा रोहित सुनुवार र कमल भण्डारीले उपाधि यात्रा सुरक्षित गरेका छन्। सम्पन्न सेमीफाइनलमा रोहितले हेमराज ढकाललाई ६–३, ६–१ ले पराजित गर्दा कमलले छेवाब लामालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए।

६५ वर्षमाथि डबल्सको फाइनलमा विदुर विष्ट र मनोज राणाको जोडीले ध्रुव गुरूब र रविन्द्रको जोडीलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गरे ।

यसैगरी ५५ वर्षमाथिको फाइनलमा जीवन घिमिरे र चन्द्र शाही उपाधिका लागि भिड्ने भएका छन्।

जिवनले सुपरटाई म्याचमा ६–०, ६–७ र १०–५ ले उत्तम बोगोटीलाई हराए, भने चन्द्रले तुलेश्वर सिंहलाई ६–४, ६–१ ले सेमीफाइनलमा पराजित गरे।

५५ वर्षमाथिको डबल्समा युगेन शेर्पा र जित प्रधानको जोडी विजयी भएको छ। उनीहरु जिवन घिमिरे र सुदर्शन विष्टको जोडी विरुद्ध ६–३, ६–२ ले विजयी बने।

कमेन्ट गर्नुहोस्
Share: