
नवलपरासी, श्रावण १ ।
नवलपरासीको दाउन्नेमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
नारायणगढबाट बुटवल जाँदै गरेको ना४ख ५१४३ नम्बरको यात्रुबहाक बस र विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको ‘यु पी३२डी एन ०८५४’ नम्बरको ट्रक नवलपरासीको दुम्किबास–५ दाउन्नेमा एकापसमा ठोक्किँदाभएको दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
घटनास्थलमै ६ जना र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
