
पोखरा। स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था स्याङजा राम्चेली गडाभाई तमु समाज पोखराको अध्यक्षमा औ बहादुर गुरुङ चयन भएका छन्।
समाजको पुस १५ गते पोखराको भमरकोट पार्टी प्यालेसमा सम्पन्न १८ औँ साधारणसभा तथा छेठौँ अधिवेशनले औ बहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष दुर माया गुरुङ, द्वितीय उपाध्यक्षमा बल बहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सह सचीव सुवेदार भिम बहादुर गुरुङ र निर्मला गुरुङ चयन भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा क्याप्टेन चम बहादुर गुरुङ, सहकोषाध्यक्षमा हरि प्रसाद गुरुङ र सदस्यहरुमा चीन माया गुरुङ, जमान गुरुङ, ठग बहादुर गुरुङ, महिला संयोजक नरमाया गुरुङ र युवा संयोजक दर्शन गुरुङ चयन भएका छन्।
अधिवेशनको निर्णायक मण्डलमा समाजका संस्थापक अध्यक्ष ओम बहादुर गुरुङ संयोजक र निवर्तमान अध्यक्ष भुपेन गुरुङ र संस्थापक सचीव आशिष गुरुङ सदस्य रहेका थिए। कार्यक्रममा कोषाध्यक्ष क्याप्टेन चम बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव दिल माया गुरुङले प्रगति प्रतिवेदन पेश गरेका थिए।
यसैबिच समाजले तमुहरुको महान पर्व सप्र्ही ल्होसार २०८१ समेत भव्यताका साथ मनाएको छ। सप्ह्री ल्होसारको अवसरमा समाजले शुभकामना आदान प्रदान एवम् चेलीबेटी भेटघाट स्योकैं कार्यक्रम गरी ल्होसार मनाएको छ।
समाजका निवर्तमान अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष ओम बहादुर गुरुङले ९ जनाबाट स्थापना भएको संस्था अहिले बृहत रुपमा अगाडी बढिरहेकोमा खुसी व्यक्त गर्दै अगामी दिनमा राम्चेली एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रथम उपाध्यक्ष औ बहादुर गुरुङले स्वागत तथा पच्यु चिवा मोहन गुरुङले आशिमलाँ दिएका थिए। सो
अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङ, अध्ययनरत उत्कृष्ट विद्यार्थीहरु, र इन्डियन आर्मीबाट रिट्यार्ड आर्मीहरुलाई सम्मान गरिएको थियो।
