विप्लव माओवादीद्वारा मस्यौदा सुझाव संकलन सामग्री कब्जा

Share:

सल्यान २ साउन ।

सल्यानमा संविधानको प्रारम्भिक मस्यौदा माथी सुझाव संकलनका क्रममा विभिन्न राजनीतिक दलहरुले अवरोध गरेका छन ।

संविधानको प्रस्तावित मस्यौदा प्रतिगामी भएको भन्दै विरोध गर्दै आएको विप्लव माओवादीले सल्यान सदरमुकामको मिडिया भिलेजमा रहेको नगरपालिका कार्यालयमा सुझाव संकलनका बेला संकलनका लागि तयार पारेको सामाग्री कब्जा गरेको हो ।

माओवादी कार्यकर्ताले प्रस्तावित मस्यौदा सामाग्री कब्जामा लिई कार्यालय अगाडि जलाएका हुन । त्यस्तै ढाकाडामको त्रिवेणी, मार्के,रिम,स्विकोट, झिम्पे, बामे लगागतका गाबिसहरुमा पनि संबिधानको मस्यौदा जलाइएको नेकपा माओबादीका सेक्रेटरी असल क्षेत्रीले जानकारी गराएका छन।

संविधानसभाको दोस्रो चुनाव बहिस्कार गरेको बैद्य नेतृत्वबाट छुट्टिएर विप्लवको नेतृत्वमा बनेको माओवादीले संविधान निर्माणको प्रक्रियाको विरोध गर्दै आएको छ ।  उता राप्रपा नेपालले कालिमाटी रामपुरमा पनी पार्टी सचिब प्रदिप थापाको नेतृत्तवमा र दमाचौरमा पनि संविधानको प्रारम्भिक मस्यौता कब्जा गरेको जनाएको छ ।


कमेन्ट गर्नुहोस्
Share: