निमोनियाका कारण बाल गायक सचिनको मृत्यु

Share:

काठमाडौँ । बाल गायक सचिन परियारको निमोनियाका कारण निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १०ः४९ बजे निधन भएको अस्पतालका निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिए।

उनका अनुसार सचिनको सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण निधन भएको हो। सचिन पुस १३ गते उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएका कारण अस्पतालमा भर्ना भएका थिए।

अस्पतालमा भर्ना भएपछि उनीलाई निमोनिया देखिनुका साथै धेरै अङ्गले काम गर्न छोड्र्दै गएपछि १५ वर्षीय सचिनको केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। सचिन पाँच वर्षदेखि अस्पतालमा उपचाररत थिए।

सचिनले म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

कमेन्ट गर्नुहोस्
Share: