
पोखरा , साउन ३ ,माधब पनेरु ।
घर तथा बिभिन्न भवन, बिद्यालयहरुमा चक्कीलो बनाउनको लागि प्रयोग हुने बिभिन्न खाले ईनामेलहरुमा मानव स्वाथ्यमा खतरनाक रहेको लेड(सिसा )को मात्रा अध्याधिक रहेको पाईएको छ ।
जनस्वाथ्य तथा बाताबरण प्रर्बद्धन केन्द्र नेपालले गरेको एक अध्ययनले नेपालमा प्रयोग हुने अधिकांश रंग कम्पनीहरुले बजारमा ल्याएका ईनामेलहरु प्रयोगका लागि हानिकारक रहेको भेटिएका छ । नयाँ ईनामेल पेन्टसहरुमा लेड संबन्धी अध्ययन प्रतिबेदनका बारेमा पोखरामा आयोजना गरिएको एक कार्यक्रममा केन्द्रका कार्यकारी र्निदेशक राम चरित्र शाहले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका कम्पनीहरुमा समेत अध्याधिक मात्रामा लेड मिसाईएको बताए ।
लेड भनेको मानिसको शरिरमा हानि गर्ने एक खतरनाक धातु हो । यो गहै हुन्छ । ढक तराजुमा प्रयोग हुने खालको सिसा नै लेड हो । सबै भन्दा बढी ईनामेलहरुमा लेड मिसाईने गरेकोले उपभोक्ता सचेत हुन आबस्यक भएको उनको भनाई थियो । बजारमा आएका अनेकथरि रंग कम्पनीहरुले चम्कीलो रंग बनाउनका लागि लेडको प्रयोग गर्ने गरेको अध्ययन प्रतिबेबदनमा उल्लेख छ ।
लेड मानिसको शरिरमा प्रबेश गरेमा किड्नी,क्यान्सर तथा मुटु संबन्धी खतरनाक रोग लाग्ने शाहले बताए । घर वा भवन चम्काउने नाममा शरिरमा रोग नवोक्न उनले सर्बसाधारण लाई आग्रह गरे । बालबालिकाहरुमा लेडकोे असर तत्काल देखिन सक्ने उनको भनाई थियो । पढाईमा असर पुग्ने, मानसिक तथा शारिरिक र बौद्धिक असर गर्ने शाहले जानकारी दिए ।
९० पि.बि.एम भन्दा माथिको लेडको मात्रा भएका सबै खाले रंग प्रयोग गर्न नमिल्ने हुन्छ । पोखरामा गरिएको परिक्षणमा अध्याधिक १३ सय पि.वि.एम सम्म लेड मिसाईएको भेटिएको सो अबसरमा जानकारी दिईयो । वि.बि.एम बढी भएको ईनामेल चम्कीलो हुने भएकाले धेरैले खरिद गर्ने गर्छन । ब्यापारीहरुले पनि धेरै बिक्री गर्नका लागि लेडको मात्रा बढाउने गरेका छन ।
सबै भन्दा बढी बिक्रि हुने र अन्र्तराष्ट्रिय स्तरको मानिएका कम्पनीहरुमा समेत लेडको मात्रा अध्याधिक रहेको प्रतिबेदनमा उल्लेख छ । नियमन र निगरानी गर्न निकाय नापतौल तथा गुणस्तर कार्यालयले यस्ता बिषयमा चासो दिएको छैन ।
