सुनको मूल्य आज २ हजारले बढ्यो

Share:

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य समेत बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१० रुपैयाँ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: