
काठमाडौँ । काठमाडौँ उपत्यकामा पाँचै दिनपछि पुनः मंगलबार बिहान भूकम्प गएको छ।
चीनको तिब्बत क्षेत्र केन्द्रबिन्दुर भएर मंगलबार (आज) बिहान ६ बजेर ५० मिनेटमा नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।
यसको केन्द्रबिन्दु भने चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टीनजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले त्यहाँ भने ६.९ म्याग्नीच्युडको भूकम्प मापन भएको छ।
यसअघि पुस १८ गते मात्र सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ उपत्यकासम्म धक्का महसुस भएको थियो।
नेपालमा २२ दिनमा ११ भूकम्प
कमेन्ट गर्नुहोस्
