इक्यान कास्कीले दियो शैक्षिक परामर्शदातालाई क्षमता अभिवृद्धि तालिम

Share:

पोखरा । इक्यान कास्कीले दियो शैक्षिक परामर्शदातालाई क्षमता अभिवृद्धि तालिम नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले सदस्यहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य राखेर ‘ईम्पावरिङ एजुकेशन प्रोफेसनल’ कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रममा सोधकर्ता ‘चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशन’का रिजनल मार्केटिङग डिरेक्टर विजय शर्माले अष्ट्रेलियामा विद्यार्थीको माग, कलेजले अन्तराष्ट्रिय विद्यार्थीहरूलाई अध्ययन गराउने विषय र भर्ना प्रकृयाको बारेमा जानकारी थिए।

अन्तरक्रियात्मक सो कार्यक्रम ‘चर्चिल इन्स्टिच्युट’को सहकार्यमा आयोजना भएको थियो। ‘चर्चिल’ले सिड्नीमा ब्याचलर लेभलका विभिन्न विषयमा अध्यापन गराउँछ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष भुवनबहादुर क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष मिलन तिवारी र उपाध्यक्ष सन्तोष शाही मन्तव्य राखेका थिए।

कार्यक्रमको सहजीकरण सचिव सुरेन्द्र बरालले गरेका थिए। कार्यक्रममा इक्यान कास्कीका सदस्यहरूलाई कलेजको प्रतिनिधि प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र प्राप्त संस्थाले कलेजको प्रतिनिधिको रुपमा काम गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: