
पोखरा, ४ साउन / पत्रकार रञ्जन अधिकारीमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । पोखरा सभागृहमा आयोजित संविधानको मस्यौदा माथिका सुझाव संकलन कार्यक्रमको समाचार संकलनमा खटिएका पत्रकार अधिकारीलाई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी नायव निरिक्षक सोवित सुवेदी र दुई प्रहरी जवानहरुले दुव्र्यवहार गरेका हुन् । पत्रकार अधिकारी बिग एफएमका रिपोर्टर एवं न्युज रिडर हुन् भने आदर्श समाज राष्ट्रिय दैनिकमा पनि आबद्ध छन् ।
‘आधा दर्जन टिभि जर्नालिस्टहरुलाई पोडियम नजिकै गएर भिडियो खिच्न दिईरहेको थियो । तर मैले आवाज रेकर्ड गर्न खोज्दा दुई प्रहरी जवानले धकेलेर तल जान हुत्याईदिए ।’ अधिकारीले भने– जनताको सुझावलाई नागरिकमाझ पु¥याउन समाचार लिनु नै थियो, मैले मानिँन पछि सई आएर दुव्र्यवहार गरे ।’ टिभीमा भिडियो खिच्न मात्रै छुट हुने ? स्थानीय पत्रपत्रिका, रेडियोहरुमा काम गर्ने पत्रकारलाई नदिने भनेर प्रश्न गरेपछि सई सुवेदी जंगिएका थिए । सिभिल ड्रेसमा रहेका उनले मलाई चिन्या छौं भन्दै प्रश्न गरेका थिए ।
अग्रभागमा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी केदार रजौरेलाई यस सम्बन्धमा बताएपछि उनले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका प्रतिनिधिलाई पत्रकारलाई जान दिने नदिने बारे सोध्न आग्रह गरे । महिला प्रतिनिधिले पत्रकारका लागि निर्वाध रुपमा छुट भएको जनाएपछि पुनः रेकर्ड गर्न पोडियम तिर उक्लन खोज्दा फेरि दुव्र्यवहार भएपछि पछाडी रहेका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक केशब बहादुर बस्नेतलाई जानकारी गराएको अधिकारीले बताए ।
बस्नेतसँगको कुराकानी पछि सई सुवेदी चुप लागेका थिए । सिभिल ड्रेसमा हिँड्ने सई सुवेदी राम्रै विषयमा पनि उनीसँग सवालजवाफमा उत्रेमा विवाद गरिहाल्ने स्वभावको रहेको एक प्रहरी जवानले नाम बताउने शर्तमा बताए । दुई साता अघि मात्रै एक ट्याक्सी चालकलाई पुरानो रिसईबीमा अर्को समूहले पक्राउ गर्न लगाएपछि वडा प्रहरी कार्यालय बैदाममा लगिएको थियो । दोहोरी साँझबाट पक्राउ गरेको भन्दैमा प्रहरीले मापसेमा कारबाही प्रक्रिया अघि बढाएको पाईयो । यस सम्बन्धमा पीडितले गुनासो गरेपछि बुझ्न खोज्दा ‘पत्रकार भन्दैमा सबैकुरा भन्न आवश्यक छैन, दुई चार दिन थुन्दिन्छु, सार्वजनिक मुद्धा लगाईदिन्छु’ भन्दै सुवेदी एक्कासी जंगिएका थिए । ‘ट्याक्सी चालक नभएको र अन्य लाईसेन्स नभएका नागरिक भए कुन मुद्धामा कारबाही गर्नुहुन्थ्यो ? मापसे गरेर गाडी नचलाएको अवस्थामा जबकि गाडी समेत प्रहरीले नै चलाएर बैदाम चौकी लगेको र उजुरी कर्ता पनि चौकी नआएको सम्बन्धमा के भनेर सार्वजनिक मुद्धा लगाउने ? पक्राउ गर्ने हवल्दारले मापसेमा पक्राउ गरेको होईन भनेको कुरा रेकर्डरमा सुरक्षित छ’ भनेर प्रश्न गरेपछि सुवेदी पत्रकारलाई जे मन लाग्छ त्यही लेख, अझै धम्की दिने प्रहरीलाई हामी पनि घाँस खाएर सई भाको होईन भन्दै पत्रकार अधिकारीमाथि आगो बनेका थिए । प्रहरीले कानुनको संरक्षण र पालना गर्ने गराउने ठाउँमा कानुन निर्माता जस्तो गरी चेतावनी दिएका थिए ।
दोस्रो पटक पनि दुव्र्यवहार भएपछि पत्रकार अधिकारीले घटनाबारे सार्वजनिक गरेका हुन् । वडा प्रहरी कार्यालय बैदामले घटनाबारे विस्तृत नै नबुझी नागरिकलाई पक्राउ गरेपछि थुन्ने र साथमा लाईसेन्स भएका पाउने बित्तिकै मापसे कारबाही चलाउने गरेको अधिकांशको गुनासो छ । यसले ‘मिठो मुस्कान सहितको सेवा’ नारा अघि सारेको प्रहरीलाई आम नागरिकले हेर्ने नजर कस्तो होला ? लाईसेन्स होल्डरलाई सिधै मापसे कारबाही सिफारिस गरेपछि अन्तमा ट्राफिक प्रहरी कार्यालयलाई अफ्ठ्यारो पार्ने निश्चित छ । नागरिकमैत्री प्रहरी सेवामा ध्यान दिन व्यवहारतः जरुरी छ ।
बिग एफएम रिपोर्टर तथा न्युज रिडर रञ्जन अधिकारीमाथि भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दछ ।
(हवल्दारले मापसेमा पक्राउ नगरेको बारे दिएको जवाफ, पोखरा सभागृहमभा भएको दुव्र्यवहारको अडियो सुरक्षित छ ।)

