लेखनाथ महोत्सवमा दर्शकको उल्लेखनीय सहभगिता, करोडौंको कारोबार

Share:

पोखरा । पुस १८ गतेदेखि कास्कीको लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ अगाडी बढी रहेको आयोजकले जनाएको छ।

महोत्सवको ११ औं दिनसम्म आईपुग्दासम्म प्रत्येक दिन दर्शकको उल्लेखनीय र उत्साहजनक सहभगितासँगै करोडौंको कारोबार  भएको आयोजकले दाबी गरेको छ।

महोत्सवमा ११औं दिनसम्म आइपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको महोत्सव आयोजक मूल समितिका संयोजक विनोद श्रेष्ठले बताए।

उनले भने, “महोत्सवको एघारौं दिनसम्म आइपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ, दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित थपेको छ। महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहेको छ।”

महोत्सवमा राखिएका स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राखेको पाईएको अध्यक्ष श्रष्ठले बताए । समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको महोत्सवका सहसंयोजक राजेन्द्र ओझलाले जानकारी दिए।

उनले भने “बालबालिकाहरुदेखि वृद्धवृद्धासम्मको लागि मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको छ । महोत्सव अन्त्यतिर आइपुग्दा धेरै उत्साहजनक नै छ। दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ।”

आयोजकलाई थप आगामी दिनका लागि समेत उर्जा थपेको भन्दै महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गरेको भन्दै दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै सहसंयोजक ओझाले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको दाबी गरे।

महोत्सव माघ १ गते समापन हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: