खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

Share:

काठमाडौँ। उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा २२ जनाको शव फेला परेको छ। गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। बुधबार पनि उद्धार कार्य जारी रहेको छ।

हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको थियो। दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताएका छन्।

भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको अधिकारीहरुको भनाइ छ। -सिन्ह्वा

कमेन्ट गर्नुहोस्
Share: