माछापुच्छ्रे ९ मा साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

Share:

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना लागेको हो।

माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवम् वडाध्यक्ष हरि क्षेत्रीले प्रतियोगिताले समग्र माछापुच्छ्रेको खेलकुद क्षेत्रको विकाससँगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस व्यक्त गरे।

आगामी माघ ३० गतेदेखि फागुन ३ गतेसम्म चल्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ८५ हजार, द्धितीयले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफी,मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्।

उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक तामाङले बताए।

पुरुष भलिबलतर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ। यस्तै, भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप-विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

भेट्रान्सतर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ। कार्यक्रमको अन्य आकर्षकको रूपमा प्रत्येक दिन राष्ट्रिय ख्याति प्राप्त कलाकारद्धारा नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् ।

साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, छेलो हान्ने,घैँटो फुटाई लगायतका प्रतियोगिता पनि रहने क्लबका सचिव प्रज्वल क्षेत्रिले बताए।

आयोजित विभिन्न प्रतियोगितामा सहभागी हुन माघ २९ गते बेलुका ४ः०० बजेभित्र समूहको नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: