माझ गाउँलाइ चिनाउन डकुमेन्ट्री र म्युजिक भिडियो

Share:

माधब भुसाल पोखरा, साउन ८ । कास्कीको लुम्ले गाविस स्थित पर्यटकीय माझ गाउँको सौन्दर्यता र कलासंस्कृती समेटीएको डकुमेन्ट्री र म्युजीक भिडीयाकोे सुटिङ सकिएको छ । बिशेष गरेर माझ गाउँको पर्यटकीय स्थलहरु र गुरुङ संस्कृतीलाइ भिडियोमा समेटीएको छ ।

कृष्णकुमार गुरुङको निर्देशनमा बनेको डकुमेन्ट्रीमा माझगाउँमा रहँदै आएका गुरुङहरुको संस्कृतीलाइ झल्काइएको छ। गाउँमा रहेको कान्छी बारही मन्दिर लगायतका अन्य सुन्दर ठाउँहरुलाइ डकुमेन्ट्रीमा समेटीएको निर्देशक गुरुङले बताए । साथै माझगाउँबाट अन्नपुर्ण हिमश्रृङखलालाइ नजिकबाट नियाल्न सकिने उनको दाबि छ । ’माझ गाउँमा त्यस्ता थुप्रै पर्यटकीय स्थलहरु छन् जुन प्रचार प्रसारको अभावमा बाहीर आउन सकेको छैन ’उनले भने ’यो डकुमेन्ट्रीमा हामीले त्यस्तै खाले स्थानहरुलाइ समेटेका छौ जसले गर्दा पर्यटकको सम्भावना पनि बढ्ने हामीले आशा राखेका छौ ।’ साथै गाउँलेहरुले पनि यसबाट पर्यटकको संख्यामा बृद्धी हुनेमा बिश्वस्त रहेको उनको भनाइ थियो । डकुमेन्ट्रीलाइ भुपाल कुमार गुरुङ र सन्तोष कोन्मेले खिचेका हुन् ।

सँगसँगै भकारी एडभर्टाइज कम्पनीले बनाएको म्युजिक भिडीयोमा पनि बिशेषत गाउँकै गुरुङ संस्कृती र त्याहाबाट देखिने दृश्यहरुलाइ झल्काउन खोजीएको छ। माझगाउँ रमाइलो बोलको गितमा माया गुरुङको स्वर भरेकी छिन् भने कृष्णकुमार गुरुङको शब्द छ ।

रोश्नी गुरुङ कारीयोग्राफ र अमन गुरुङ सहकोरीयोग्राफर गरेको भिडियोमा मोडल सुस्मिता गुरुङ मुख्य भुमिकामा देखिएकी छिन् । मिनु गुरुङको व्यस्थापनमा बनेको भिडीयोमा राजु वाइबाले मेकअप गरेका छन् ।

करिब साढे २ लाखको लगानीमा बनेको भिडीयोलाइ जगन गुरुङ र सुर्य गुरुङले निर्माण गरेका हुन् भने भुपाल कुमार गुरुङ र सन्तोष कोन्मेले खिचेका हुन् ।

फोटो ः भुपाल कुमार गुरुङ

कमेन्ट गर्नुहोस्
Share: