फुलबारी क्लबको आयोजनामा रक्तदान कार्यक्रम: ८८ जनाले गरे रक्तदान

Share:

पोखरा । पोखरा ११ स्थित फूलबारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन गरे । रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल पोखरा- ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य लगायतले रक्तदानले मानिसलाई स्वच्छ बनाउनेमा जोड दिए ।

फूलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव युवराज बास्तोला गान्धीले सञ्चालन र उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत गरेका थिए ।

सविना बास्तोला आचार्यको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवले रक्तदानहरुलाई प्रमाण पत्रको साथै क्लवको लोगो अंकित टिर्सट मायाको चिनो स्वरुप प्रदान गरेको थियो । क्लबले विभिन्न समाजिक सेवाका कामहरु गर्दै आइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: