
पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएको हो।
गण्डकी प्रदेशको स्थापना २०७२ सालको माघमा भएको हो। यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो।
कमेन्ट गर्नुहोस्
