टाइगर कप: गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो उपाधि

Share:

पोखरा। गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३-१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो।

पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो। दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५-२१ को जित निकालेको थियो।

चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो। उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो। फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।

यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३-२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो।

कमेन्ट गर्नुहोस्
Share: