
संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नुवाकोटका एक युवक कम्पनीमै मृत फेला परेका छन्।
बेलकोटगढी नगरपालिका–१०, गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा यूएईस्थित फाइब्रेक्स कन्स्ट्रक्सन ग्रुपमा मृत अवस्थामा भेटिएका हुन्।
मृतकका भाई हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाबारे जानकारी पाएको बताए। कुबेर तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए भने पछिल्लोपटक ८ वर्षदेखि घर आएका थिएनन्।
घरायसी कारणले नेपाल नआए पनि उनी परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा रहेको हरिहर तिवारीले जानकारी दिए। घटनाको एक साताअघि मात्र दाइसँग अन्तिमपटक कुराकानी भएको उनले बताए।
कमेन्ट गर्नुहोस्
