ट्रम्पको योजना: गाजापट्टीको स्वामित्व लिएर पुनर्विकास गर्ने प्रस्ताव

Share:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजापट्टीको स्वामित्व लिएर त्यहाँका प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि पुनर्विकास गर्ने योजना प्रस्तुत गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यसबारे विस्तृत योजना नबताइकन आफ्नो धारणा व्यक्त गरेका हुन्। उनले अमेरिकाले गाजापट्टी कब्जा गरी पुनर्विकास गर्ने र त्यसलाई विश्वका मानिसहरूको लागि बस्न योग्य बनाउने दाबी गरे।

राष्ट्रपति ट्रम्पले इजरायल भ्रमण गर्ने योजना रहेको उल्लेख गर्दै, सम्भवतः गाजापट्टीको भ्रमण गर्ने संकेत पनि गरे।

कमेन्ट गर्नुहोस्
Share: