
काठमाडौं – टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ। नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो।
नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको पाँचौं खेलमा नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपालका लागि पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै अविजित अर्धशतक प्रहार गरिन्। उनले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन्, जुन शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो। कप्तान इन्दु वर्माले ३९ रन जोड्दा, रुबिना क्षेत्रीले २० रनको योगदान दिइन्।
बलिङतर्फ नेदरल्यान्ड्सका आइरिस विलिङले २ विकेट लिए भने, कारोलिन डे लाङ र हिथर सिगर्सले समान १-१ विकेट झारे।
कमेन्ट गर्नुहोस्
