
काठमाडौं, श्रावण ११ । विश्व वरीयता स्पर्धाअन्तर्गत् जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालकी फुपु ल्हामु खत्रीले कास्य पदक जितेकी छन् ।
मकाउमा भएको तीनदिने च्याम्पियनसिपको राउन्ड रोविन लिगमा फुपुले चाइनिज ताइपेइकी टी पानलाई पराजित गर्दै कास्य जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । फुपुले महिलाको ६३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
स्पर्धामा नेपालसहित चार राष्ट्रका खेलाडी सहभागी थिए । मंगोलियाकी खेलाडी पहिलो र चीनकी खेलाडीले दोस्रो स्थान हात पारे ।
यसअघि, हङकङमा १० दिनअघि भएको सोही च्याम्पियनसिपअन्तर्गत् फुपुले रजत पदक जितेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
