प्रधानमन्त्री ओली: देशको हितका लागि अध्यादेश ल्याइएको

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनमा देखिएको ढिलासुस्ती हटाई प्रक्रिया छिटो बनाउन तथा देशको हितका लागि अध्यादेश ल्याइएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को समुद्घाटन समारोहमा बोल्दै उनले देशको विकास, शान्ति सुरक्षा, र स्थायित्वका लागि अध्यादेश आवश्यक रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार ६ वटा अध्यादेशमार्फत २९ वटा कानून संशोधन गरिनेछ। उनले कानून कार्यान्वयनमा देखिएका कमी, प्रशासनिक ढिलासुस्ती, र जटिलताका कारण नागरिक असन्तुष्ट रहेको उल्लेख गर्दै यी समस्याहरू हटाउन सरकारले अध्यादेश ल्याएको स्पष्ट गरे।

उनले कानून कार्यान्वयनमा भएको उल्झनले नागरिकमा वितृष्णा बढाउने भन्दै, देशको समग्र हित, विकास, र स्थिरताका लागि अध्यादेश आवश्यक भएको बताए।

कमेन्ट गर्नुहोस्
Share: